‘मेड इन नेपाल’ प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर

काठमाडाैँ । नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले डिसेम्बर १२ का लागि १२:१२ को घोषणा गरेको छ । मार्केटप्लेसले ‘मेड इन नेपाल’ प्रवर्द्धन गर्दै आकर्षक अफरसहित १२:१२ को घोषणा गरेको हाे ।

ग्यापुले विभिन्न १२ ब्राण्डसँगको सहकार्यमा अफरहरू ल्याएको छ । गोल्ड स्टार, नेपाल उल हाउस, माक्कुसे, हात्ति हात्ति, एसटी महर्जन गहना, एभरेष्ट गड च्यु, हाई हिमालयन पस्मिना हाउस, लिफ प्लस, पन्चबुद्ध हस्तकला, मयूर हस्तकला, डटर होम आर्चर र खुकुरी रम १२:१२ सेलमा जोडिएका छन् ।

हिमालय बैंकको कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ५ सय), फोन पे प्रयोगकर्ताले ‘PHONEPAY1212’ कोड प्रयोग गरी तत्काल नगद २ सय छुट, प्रभु पे प्रयोगकर्ताले ‘PRABHUPAY1212’ कोड प्रयोग गरी तत्काल नगद २ सय छुट, इ सेवा प्रयोगकर्ताले ‘ESEWA1212’ कोड प्रयोग गरी तत्काल नगद २ सय छुट, र खल्ती प्रयोगकर्ताले २०प्रतिशत (अधिकतम १ सय ५०) छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डमार्फत सपिङ गर्ने सुविधासमेत उपलब्ध छ । साथै, ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री