काठमाडौँ । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार राति सकिएको मतगणनामा करण चौधरीलाई पराजित गर्दै थापा बिजयी भएका हुन् ।
थापाले कुल १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरे । अध्यक्षमा थापा विजयी भए पनि १७ कार्यसमिति सदस्यमा भने चौधरी पक्षका बहुमत सदस्य विजयी भएका छन् । कार्यसमितिमा १२ जना करण चौधरीको प्यानलबाट र ५ जना ध्रुव थापा प्यानलबाट कार्यसमिति सदस्यमा विजयी भएका हुन् ।
हेर्नुहोस् अन्तिम मतपरिणाम :-

तपाईंको प्रतिकृया




