वेस्टर्न युनियनको क्यास उत्सवका बम्पर विजेता घोषणा

अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ।

मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मस्तिका नेपाली बि.क.विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्ये नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सीले संयुक्तरुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागू गरिएको थियो। यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु २०,००० पनि जितिसकेका छन्।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यीनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री