यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३८ पैसा र बिक्रीदर १२० रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४० पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस