नेपाल पेमेन्ट सोलुसन्सकाे “वान लिंक” पेमेन्ट सर्भिस सिद्धार्थ बैंकबाट सुचारु

नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को “वान लिंक” नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ। यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन्।

यसलाई सरल भाषामा बुझ्दा, सानादेखि ठूला ब्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले “वान लिंक” बाट आफ्नो ग्राहकहरुलाई एस्.एम्.एस्.अथवा इमेल लगायत अन्य संचारको माध्यमहरु जस्तै WhatsApp, Viber आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाउँछ। यहाँ, यसले एम् बैंकिङ्ग सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्नेछ।

परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा, ग्राहकहरूलाई म्यानुअल विवरणहरू मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलव्ध गराइन्थ्यो । यद्यपि, “वान लिंक” मार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ–बैंकिङ्ग, एमबैंकिङ्ग, आइपीएस् कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको विकल्प पाउन सक्छन्।

अहिले, सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि, पछि, यसबाट ऋणको इएमआई भुक्तानी गर्न मिल्ने सेवा पनि समेटिनेछ। समग्रमा, यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकहरूलाई पनि सशक्त बनाउँछ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो, जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसन्सले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरीरहेको छ। समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो, जसले ४० भन्दा बढि बैंक, ५० भन्दा बढि रेमिट्यान्स कम्पनी र २० भन्दा बढि वालेटहरुलाई जोड्दै अघि बढिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस