कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कायम छ । तथापि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको खड्का वताउँछन् । सुर्खेत गृह जिल्ला भएका खड्का कार्यकर्तामाझ अतिनै लाेकप्रिय नेताकारुपमा परिचित छन्। स्वत: प्रतिनीधि छानिने ब्यवस्था हुँदाहुँदै पनि लाेकतान्त्रिक विधिलाइ आत्मसात गर्दै निर्वाचनमा हाेमिएपछि उनकाे प्रश‌ंसा भएकाे छ ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा महामन्त्री खड्का सहित ३६ जनाको उम्मेदवारी परेको छ भने उनी लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनावमा उम्मेदवार बन्दै आएका छन् ।

आज मंगलबार सुर्खेतमा क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन भैरहेको छ । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर १ को महेलकुना र २ को बाबियाचौरमा मतदान हुँदैछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य