नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
एमसीसीको विरोधमा प्रचण्ड र माओवादी केन्द्र उत्रिएका बेला अमेरिकी मन्त्रीले चासो राखेका हुन्। एमसीसीमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने बताउँदै आएका छन्।
प्रतिकृया दिनुहॊस