काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । उनी कार्त्तिक १२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेको हो । सञ्चालक दुवाडीले गत कार्त्तिक २९ गते नै पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
तपाईंको प्रतिकृया




