नेपाल बारद्वारा प्रधानन्यायाधीशविरूद्ध आन्दोलनका कार्यक्रम थप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ। मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मलाई आन्दोलनको कार्यक्रम थप गरेको हो।

आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले मंसिर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए।

यस्तै नेपाल बारले प्रधानन्यायाधीश बिना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिलेसम्म गरेका विवादित फैसला सम्बन्धि कागजपत्र संकलन गरि अध्ययन गर्ने निर्णय गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस