न्यायालय खोल्न माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बराल पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ।

भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो। उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ।

बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ। प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस