काठमाडौंमा बन्द गराउँदै हिंडेका ६ विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । प्रहरीले सडकमा अवरोध गर्दै हिंड्ने ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । बन्द गराउँदै हिंडेका उनीहरुलाई काठमाडौंको महाराजगञ्ज र साँखुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

काठमाडौं उपत्यकामा अहिले सामान्यमा रुपमा गाडी चलिरहेका छन् । हिजो र अस्तीको भन्दा सार्वजनिक गाडी कम भए पनि निजी गाडीको सङ्ख्या धेरै छ ।

गाडीको आवागमनलाई सहज बनाउन र सडकमा कुनै अवरोध हुन नदिन काठमाण्डौ उपत्यकाका चोकचोकमा बिहानैदेखि प्रहरी खटिएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज गरेको बन्दका कारण यात्रुले सास्ती पाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री