पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विप्लव नेकपाद्वारा मुगुमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुगुले बजार परिक्रमा गरी कृष्ण चोकमा कोणसभामा परिणत भई विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।

गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकायाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रिएको बताए।

पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस