नेपाल बंगलादेश बैंकका सीइओ ढुंगानाले लिन्छन् वार्षिक डेढ कराेड तलब

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वार्षिक डेढ कराेड तलब लिने गरेका छन्। उनले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड ४१ लाख रुपैयाँ तलब भत्ता लिएका हुन्।

सीइओ ढुंगानाको तलब तीन वर्षयता समान छ। ढुंगानाले तलब भत्ताका साथै बोनस, उपदान, संचयकोष तथा औषधि उपचार खर्च पनि लिने गरेका छन्।

आव २०७०/७१ मा ५२ लाख र आव २०७१/७२ मा ७६ लाख ८० हजार भुक्तानी गरेको बैंकले आव २०७४/७५ मा प्रमुख कार्यकारीलाई तलबवापत १ करोड ८३ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको थियाे।

यस्तै आव २०७३/७४ मा १ करोड ४१ लाख २० हजार १ सय र आव २०७२/७३ मा १ करोड २१ लाख १ हजार १५६ रुपैयाँ भुक्तानी गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री