जनगणना प्रारम्भ भएसँगै उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक विवरण सङ्कलन

बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै आज उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ।

राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले आज लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गरेका हुन्। विवरण सङ्कलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुगेका थिए।

विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरेका थिए। गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना दिए। उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे।

आयोगका सदस्य फुँयालले जनगणनामा सहभागिता जनाएर विवरण उपलब्ध गराइदिएकाेमा उपराष्ट्रपतिमा आभार प्रकट गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

६२ लाख रकमसहित तीन भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ …

प्रतिकृया दिनुहॊस