नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

काठमाडाैँ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।
दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको हो ।

दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक …

प्रतिकृया दिनुहॊस