पत्रकार मुरारी अधिकारीलाई विद्यावारिधि उपाधि

धार्दिङ। नेपाल संस्कृत विश्वविद्यालयले पत्रकार मुरारी अधिकारीलाई नेपाली विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । लामो समयदेखि पत्रकारितामा रहेका  अधिकारीलाई आदर्श राघव महाकाव्यमा रस प्रयोग शीर्षकमा शोध गरेवापत विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।

अधिकारी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गोरखापत्र दैनिकका धादिङ जिल्ला संवाददाता हुन ।

 

 

 

 

 

 

 

 

 

अधिकारी जिल्लामा नीलकण्ठ बहुमुखी क्याम्पसमा उपप्राध्यापक पदमा कार्यरत समेत छन्। अधिकारीले प्राध्यापक डा. मोहनप्रसाद तिमल्सिना मातहत रहि शोध गरेका थिए। यसअघि धार्दिङकै पत्रकार तथा कवि एवं प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज लम्सालले पनि विद्यावारिधि गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री