कोरोना अपडेटः ३५६ जनामा संक्रमण पुष्टि, ५१८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १२५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४२९ पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ११५ र एन्टीजेनबाट ९४ हजार ७९५ पुगेको छ।

नेपालमा हाल ८ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ८४, भक्तपुरमा १९ र ललितपुरमा ३४ संक्रमित थपिएका हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस