महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न गरेको छ।

पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो ।

समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए ।

बीमासम्म निम्न वर्गको पहुँच बढाउन र युवा वर्गमा यसबारे जनचेतना वृद्धि गर्न ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमलाई अझै प्रभावकारी रूपमा गाउँगाउसम्म पु¥याउने निर्णयसमेत भएको पन्थीले बताए ।

विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र वृृद्धावस्थामा नागरिकको जिम्मेवारी सरकारले लिने, तर नेपालजस्तो स्रोतसाधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले यसलाई थप प्रभावकारी बनाउनेबारे सहभागीहरूबीच छलफल भएको थियो ।

अभिकर्ता पेशामा नेतृत्व विकास, बीमालाई व्यवसायिक रूपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामबारे सहभागीहरूलाई तालिम दिइएको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस