आईसीसी टी-ट्वान्टी विश्वकपः आज दुई खेल हुने

आईसीसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन्। शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो।

त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो।

शनिबारको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियाको सामना गर्दैछ। दुबईमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो।

यस्तै इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी छ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जीत दर्ता गराएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री