अब रुखको पुरानो पात झरेर नयाँ पलाउँछ : मिनेन्द्र रिजाल

MINENDRA-RIJAL/हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा. रिजाल

काठमाडाैँ । रक्षामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले कांग्रेस पार्टीको महाधिवेशनबाट अब नयाँ नेतृत्व उदाउने बताएका छन् । पार्टीको पुरानो नेतृत्वलाई लक्षित गर्दै उनले ‘रुखको पुरानो पात झरेर नयाँ पात पलाउने’ भन्दै पार्टीमा नयाँ नेतृत्वको संकेत गरेका छन् ।

कांग्रेस धनकुटाले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले पार्टी महाधिवेशन स्वास्थ नहोला कि भनेर देशभर चिन्ता रहेको भन्दै प्रतिष्पर्धालाई व्यवस्थित बनाउनुपर्ने बताए । पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले यस महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउनु पर्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप