महाधिवेशनका लागि एमालेले गठन गर्याे १२ समिति

नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ। एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए।

महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन्

प्रतिनिधि व्यवस्थापन: संगठन विभाग

जनपरिचालन: सुरेन्द्र पाण्डे

प्रचारप्रसार: योगेश भट्टराई

सांस्कृतिक: रघुजी पन्त/देवी ज्ञवाली

आर्थिकः विष्णु रिमाल

स्वास्थ्य: भानुभक्त ढकाल

मञ्च व्यवस्थापन: शेरबहादुर तामाङ

अतिथि सत्कार: राजन भट्टराई

आवास व्यवस्थापन: कृष्णभक्त पोखरेल

स्वयंसेवक परिचालन: विनोद श्रेष्ठ

यातायात व्यवस्थापन: काशीनाथ अधिकारी

खाद्य व्यवस्थापन: कपिल पोखरेल/पार्वती रावल

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस