एभरेष्ट बैंकले शेयरधनीलाई १०.३२ प्रतिशत लाभांश दिने

काठमाडाैँ । एभरेष्ट बैंकले शेयरधनीलाई १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री