नेपाल ताजकिस्तानसँग ६–० गोल अन्तरले पराजित

ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ। बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो।

घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्‍यो।

यससँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ। प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री