कोभिड-१९ को खोप कमी हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप सबै नागरिकलाई कमी हुन नदिन निर्देशन दिएका छन्।

सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले आवश्यक खोपको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

असोज मसन्तसम्म एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री