पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ । चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको उनकी भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप