एएफसी यू-२३ एसियन कप छनोटमा आज नेपाल र ताजकिस्तानबीच खेल हुने

नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ।

पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध पहिलो जीत र अंकको खोजीमा छ। इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जीतका लागि खेल्ने बताएका छन्।

ताजिकिस्तान लगातार दोस्रो जीतको खोजीमा छ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ। छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ। समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री