एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ।
ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो टाेली इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्यो। फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्यो।
इरानको जीतमा हुसेनले २ गोल गरे। यस्तै, मेहदी र यासिनले १-१ गोल गरेका थिए। हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो।
बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो।
तपाईंको प्रतिकृया




