बाढी पीडितका लागि सरकारले राहतकाे विशेष प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

काठमाडौं । बाढी पीडितका लागि सरकारले राहतकाे विशेष प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन्।
आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन्। उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए।
प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंशा गरे।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री