बाढी पहिरो अपडेटः मृत्यु हुनेकाे संख्या १११ पुग्याे, ३७ जना बेपत्ता

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन्। बाढीपहिरोमा परि प्रदेश १ मा ६५, वाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ। वेपत्ताको खोजीकार्य जारी छ।

बाढीका कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल १८६ वटा पशु चौपाया मरेको जनाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस