महिला लघुवित्तको लाभांश परिमार्जन,अब सेयरधनीले ४७.५ प्रतिशत बोनस सेयर पाउने

महिला लघुवित्तको लाभांश परिमार्जन भएको छ  । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर परिमार्जन गरिएको कम्पनीले जनाएको छ  ।

कम्पनीले कुल लाभांश ५० प्रतिशत नै रहने गरि बोनस र नगद लाभांशको दर मात्रै परिमार्जन गरेको हो  ।

कम्पनीले यस अघि ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  ।

राष्ट्र बैंकले निर्देशन दिए अनुसार अब भने कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको छ  ।

कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री