चाँगुनारायण नगरभित्र अब बंगुर पाल्न नपाइने, फाेहाेर बढेकाे निष्कर्ष

भक्तपुर।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ। बंगुर फार्मले नगरभित्र फाेहाेर/प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो।

स्थानीय बासिन्दाले बंगुर फार्मबाट फाेहाेर/प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाकाे प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिइन्। उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनु पर्ने र सो बारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन्।

चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेकाे छ। ३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री