सरकारको सय दिन संविधानको रक्षा गर्नमा केन्द्रीत: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रीत भएको बताएका छन्।

बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधान प्रतिकुलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र जनताको जीवनको रक्षामा केन्द्रीत भएको बताएका हुन्।

सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उनले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री