६० जना सेती नदीकाे टापुमा फसे, दुई सय बिघा जमिन डुब्याे

बैतडी।

बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ। नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन्।

सिगास–५ मै १५० बिघा भन्दा बढी खेत नदीको डुबानमा परेको छ। पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ।

प्रदेश सरकारसँग उद्धारको लागि आग्रह गरिएको छ। बाढीले डोटी र बैतडी जोड्ने पुलसमेत भत्काएको छ। सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भर्जिनिया कार दुर्घटनामा ज्यान गुमाउने दुई नेपालीको परिचय खुल्यो

काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको …

प्रतिकृया दिनुहॊस