काेराेना अपडेटः ५९१ जनामा संक्रमण पुष्टि, ९३७ जना संक्रमणमुक्त

नेपालमा थप ५ ९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ७ हजार ६५४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ५२३ तथा २ हजार ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएकोहो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ११ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भइसकेका छन् ।

आज थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २९३ जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री