झापामा मासु व्यवसायीको पसलमै घाँटी रेटेर हत्या

काठमाडाैँ । झापाको विर्तामोडमा गए राति एक व्यसायीको हत्या भएको छ । विर्तामोड नगरपालिका–५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको घाँटी रेटेर हत्या जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

मगर झापाकै अर्जुनधारा– ६ कप्तानबारीका स्थायी बासिन्दा हुन् । पसलमै बसिरहेको बेला गए राति करीब ८ बजे उनको हत्या भएको प्रहरीको भनाई छ । मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । मगरको हत्याराको पहिचान खुलेको छैन । घटनाको आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस