नेपालमा आज ५९६ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७५ हजार ९४३ पुगेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख २ हजार १९८ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ९९४ पुगेको छ।
आज १० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ।
आज १२ हजार ४०४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ८८ हजार ९३८ जनाको पिसिआर परीक्षण गरिएको छ। एन्टीजेन परीक्षण ६ लाख १४ हजार ९६२ पुगेको छ।
काठमाडौं उपत्यकामा २४३ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज २४३ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १७२, भक्तपुरमा १८ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।




