चार जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत कृष्णबहादुर शाहीलाई रौतहट पठाइएको हो भने सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्सा ।

यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुनसरी तथा गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको हो । यसअघि सरकारले दुई चरणमा सहसचिव तथा उपसचिव सरहका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो ।

हेर्नुहोस् सूची :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री