आज दशैंकाे दाेस्राे दिन: देवी ब्रह्मचारिणीकाे पूजा गरी मनाइँदै

दशैं अर्थात् नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ। तपस्याको आचरण गर्ने देवीका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ।

ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ। माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ।

यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन पनि छ। कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ। दशैंकाे दाेस्राे दिन हर्षाेल्लासमय वातावरणमा मनाइँदैछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री