सनराइज बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

काठमाडौं  । सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  बाल मन्दिरलाई सहयोग गरेको छ।

नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरेका छन्।

बैंकले सधैँझै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष  आउँदै गरेको दसैँमा बालबालिकाका लागि नयाँ कपडा किन्न नगद १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after