गरिमा शर्माको अभिनयमा ‘तिमी मुस्कुराउँदा’ सार्वजनिक(भिडियोसहित)

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ।

संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ। भिडियोमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ। कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ।

कुलेखानीका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन्। गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ। संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो।

तिमी मुस्कुराउँदा बोलको गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ। गीतमा संगीत संयोजन सञ्जीब बराईलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन्।

उत्सव दाहालले खिचेको भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन्। सीता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडियोमा मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ। चन्द्र बिनायक फिल्म्स प्रोडक्सनमा भिडियोको पोष्ट प्रोडक्सनको काम गरिएका हो।

शिवराम थपलिया गीतको निर्माता हुन्। गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ।

https://youtu.be/8OmHzJH86Z0

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री