ल्याटीन ए.बि.एस सिर्भिस सेन्टरमा मेघा बैंकका खातावालाई विशेष छुट

काठमाडौँ । ल्याटिन एबिएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौँको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरूका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ ।

कम्पनीले मेगा बैङ्कका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने बैङ्कले जनाएको छ ।

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोग कर्ताहरूलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरू ल्याएको जनाएको छ । कम्पनीले मेघा बैङ्कमा खाता नभएका दुई पाङ्ग्रे सवारी साधन चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्ने बैङ्कको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री