काठमाडाैँ । साफ च्याम्पियनसिपअन्तर्गत आज हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने दश बजेबाट सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रिँदा नेपालको लक्ष्य प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने हुनेछ ।
नेपालले पहिलो आयोजक राष्ट्र माल्दिभ्समाथि १-० को जित निकालेको थियो । उ ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यता श्रीलंका भने पहिलो जितको खोजीमा छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
साफ अन्तर्गत सोमबार नै हुने पहिलो खेलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागी छन् ।
सबै टोलीले एक अर्काको सामना गर्नेछन् र शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । फाइनल खेल अक्टोबर १६ (असोज ३०) मा हुनेछ ।




