भारतले नेपाललाई दिन बाँकी काेभिसिल्डकाे दशलाख मात्रा दुईहप्ताभित्र ल्याइने

भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ।

भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए।

दाहालका अनुसार उक्त खोप दुई हप्ताभित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ। उनले भने, ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको छ, दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं।’

नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। जसमध्ये १० लाख डोज प्राप्त भैसकेको छ भने बाँकी खोप दिन भारतले ढिलाई गरेको थियो।गोरखापत्रबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस