सुनकोशी २ खारेजीको माग गर्दै माझी समुदायद्वारा उर्जामन्त्रीलाई ज्ञापनपत्र

जलासययुक्त सुनकोसी २ आयोजना खारेजीको माग गर्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल र विद्युत विकास विभागका महानिर्देशक सन्दिपकुमार देवलाई माझी समुदायले ज्ञापनपत्र बुझाएको छन्।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले यसबारे आफू गम्भिर रहेको र अध्ययन गरेर अगाडी बढ्ने बताएकी छिन् भने महानिर्देशक देवले हाल वातावरणीय प्रभाव मुल्याङ्कन बारे अध्ययन भइरहेको र अहिले नै बनिहाल्यो भन्ने नसोच्न आश्वासन दिँदै समुदायको मागलाई प्राविधिक, सामाजिक र वातावरणिय प्रभाव मुल्याङ्कन गरि प्रतिवेदनमा समावेश गरि पठाउने बताए।

वाग्मती प्रदेश सांसद रिता माझीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै आदिवासी माझी र अन्य स्थानीय समुदायको पुर्ख्याैली भूमि, पहिचानजन्य भाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रितिरिवाज, ऐतिहासिक थातथलो, पुरातात्विक स्थल, नदीपुजा, कोशीपुजा, साँस्कृतिक स्थल, पितृ बोलाउने, बगाउने स्थान, घाटहरु, सामुहिक र सामुदायिक सम्पत्तिहरु, देवथान, मठमन्दिर, देउराली, चौतारा, पानीका मुहान, पँधेरा, माछा मार्ने, डुङ्गा चलाउने, इतिहास लगायत समग्ररुपमा भौतिक, साँस्कृतिक, राजनैतिक, आर्थिक र सामाजिकरुपमा विस्थापित गर्ने तथा अस्तित्व र पहिचान समाप्त पार्ने भएको हुँदा खारेजी हुनु पर्ने बताए। उनीहरूले नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गर्दै माझी समुदाय र अन्य स्थानीयवासीको जातीय अस्तित्व र पहिचान रक्षाका लागि सुनकोशी २ जलविद्युत खारेजी हुनु पर्ने बताएका छन्।

ज्ञापनपत्र संघर्ष समितिका अध्यक्ष बलवीर माझी (नवराज) ले मन्त्री भुसाल र महानिर्देशक देवलाई बुझाएका थिए। विद्युत् विकास विभागले सिन्धुली र रामेछापका बीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९ सय ७८ मेघावाट क्षमताको आयोजना अघि बढाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन …

प्रतिकृया दिनुहॊस