काठमाडाैँ । खोटाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो ।
स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स १ त ७०७१ नम्बरको ट्रयाक्टर नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना भएको थियो । उनी ट्रयाक्टरका सहचालक भएका प्रहरीले जनाएको छ । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
तपाईंको प्रतिकृया



