अब पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनु पर्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरे।

नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताए। उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु ? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरे।

कार्यक्रममा बोल्दै कांग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औंल्याए। उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको बताउए।

नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावीसमेत गरे। उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्याए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस