स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का

काठमाडाैँ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज स्वदेश फर्किएका छन् । खड्का संयुक्त राष्ट्रसंघकाे ७६औं महासभामा भाग लिएर फर्किएका हुन् ।

खड्काले महासभामा काेभिड-१९, दिगाे विकास, पृथ्वीकाे आधारभूत आवश्यकता, मानव अधिकारकाे रक्षाबारे छलफल भएकाे बताए । यसैगरी उनले काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतङकवादकाे अन्त्यबारे महासभामा कुरा गरेकाे पनि जानकारी दिए ।

गैरआवासीय नेपाली संघले आयाेजना गरेकाे कार्यक्रममा उनले एमसिसी नेपाल सरकारले मागेकाे परियोजना भएकाे जिकिर गरेका थिए । उनले एमसिसी संशोधन पनि नहुने बताएका थिए । संयुक्त राष्ट्र संघकाे महासभामा सहभागी हुन गर्न खड्काकाे नेतृत्वकाे प्रतिनिधिमण्डल असाेज ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियाे ।

प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायतका अधिकारी थिए । मन्त्री खड्काले महासभामा सहभागी जनाउँदै विभिन्न देशका विदेशमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री