बैंक अफ काठमाण्डूका ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा सामसुङको सामान किन्न पाउने

काठमाडौं । दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुकाे लागि अफर ल्याएकाे छ ।

यस अफर अन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याबलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंकका क्रेडिट कार्डबाहकलाई यस्ताे सेवा दिने सम्झौता भएको हो ।

यस योजनाको लागि ग्राहकहरुले बैंकको क्रेडिट कार्ड लिन अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् ।

यस सरल किस्ताबन्दी योजनामा ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुविधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुविधाहरु पाउनेछन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस