गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा विष्णुप्रसाद सुवेदीलाई नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गुल्मीका सुवेदीलाई संस्थानको कार्यकारी अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो ।

यसअघि सुवेदी अन्नपूर्ण पोस्ट् अनलाइन संस्करणका सम्पादक थिए । यसअघिका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले दिएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यसपछि रिक्त अध्यक्ष पदमा सुवेदीलाई नियुक्ति गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस