काठमाडाैँ । राष्ट्रियसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८, राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्ने कार्यसूची छ ।
यस्तै बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
तपाईंको प्रतिकृया




